चुरे तथा वनजङ्गल संरक्षणको माग गर्दै आन्दोलनको घोषणा
जनकपुरधाम । तराई मधेशको लाईफ लाईनको रुपमा रहेको चुरे विनाश रोक्नुपर्ने माग गर्दै चुरे तथा वनजङ्गल संरक्षण अभियानका अभियन्ताहरुले प्रदेश नंं २ विभिन्न जिल्लाहरुमा संघर्ष गर्ने घोषणा गरेका छन् ।
समितिले यस अघि काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन गरेको, संरक्षणको माग गर्दै संघ, प्रदेश सरकार समक्ष पटक पटक ज्ञापनपत्र दिदा पनि सुनुवाई नभपछि बाध्य भएर प्रदेश नंं २ लाई केन्द्रीत गरेर पुस ७ गते देखि आन्दोलनमा उत्रने जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।
संरक्षण अभियन्ताहरुले धनुषामा अवैध क्रसर उद्योगको विरोध गर्दै शहादत दिएका ओमप्रकाश भन्ने दिलीप महतोलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने, प्रदेश नंं २ सरकारका उद्योग मन्त्रालयले दिएको लाईसेन्सको छानविनका साथै अवैध क्रसर उद्योग बन्द गर्नुपर्ने, सिरहा जिल्लाको वन क्षेत्रको जग्गा मारुती सिमेन्टका सञ्चालक अनुज राठी र मनोज गोयलको नाउँमा बनेको लालपूर्जा बदर गरेर वनमा फिर्ता गर्नुपर्ने माग गरेको अभियन्ता सरोज रायले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्