गीतकार उप्रेतीको “लाइदेउ माया” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । एक पछि अर्को गीत ल्याउने क्रममा रहेका गीतकार गणेश उप्रेतीको अर्को गीत “लाइदेउ माया” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अहिलेका चर्चित गायक प्रवीण बेडवाल तथा गायिका समीक्षा अधिकारीको सुमधुर आवाजमा सजिएको गीत “लाइदेउ माया” सार्वजनिक भएको हो । करुणा कँडेल को निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यु–ट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको जानकारी गीतकार गणेश उप्रेतीले दिनुभयो ।
यस गीतमा शब्द गणेश उप्रेती को रहेको छ भने सङ्गीत संयोजन पुरुषोत्तम न्यौपानेले गर्नु भएको छ । गीतमा प्रखर अभिनयले खारिएका कलाकारद्वय सागर लम्साल ’बले ’ र गरिमा शर्मा का साथै गीतकार गणेश उप्रेती को पनि जोडदार अभिनय रहेको छ भने यस म्युजिक भिडियोको निर्देशन र सम्पादन शक्ति प्रजोल घिमिरेले गर्नु भएको छ भने कथा तथा कोरियोग्राफर मा प्रवीण थापा हुनुहुन्छ ।
यस म्युजिक भिडियोको छायाङ्कन नमराज घिमिरेले गर्नुका साथै पहिलो पटक सागर लम्साल “बले” र गरिमा शर्माले यस गीत मार्फत प्रेम जोडी को रुपमा देखा पर्नु भएको छ । निर्माण पक्षले यो गीतले दर्शकको मन अत्यधिक जित्ने विश्वास गरेको छ । यस भन्दा अगाडि पनि गीतकार उप्रेतीको “लगन जुरेर ”गीत सार्वजनिक भइसकेका छन् ।
भिडियो हेर्नुहोस








प्रतिक्रिया राख्नुहोस्