पुलिस क्लबद्वारा युथ फुटबल एकेडेमी सञ्चालनको तयारी
काठमाडौं । विभागीय क्लब नेपाल पुलिस क्लबले युथ फुटबल एकेडेमी सञ्चालन गर्ने तयारी गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फासँग सहकार्य गरेर नेपाल पुलिसले युथ एकेडेमी सञ्चालन गर्ने विषयमा छलफल थालेको हो ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाल प्रहरीका एआईजी निरजबहादुर शाही बीच युथ एकेडेमी सञ्चालन गर्ने विषयमा छलफल भएको हो । प्रहरीले पनि उमेर समूहमा फुटबल क्लब बनाउने लक्ष्य लिएको जनाइएको छ ।
हालै मात्र अर्को विभागीय क्लब एपीएफल पनि युथ एकेडेमी सञ्चालन गर्ने विषयमा एन्फासँग सम्झौता गरिसकेको छ । एपीएफले सम्झौता गरेपछि पुलिसले पनि यो प्रक्रिया अघि बढाएको हो ।








प्रतिक्रिया राख्नुहोस्