आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित
काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित भएको छ ।
यो प्रतियोगिता सन् २०२२ मा न्युजिल्याण्डमा हुने छ । चार मार्चमा उद्घाटन खेल हुने आईसीसीले जनाएको छ । पहिलो खेलमा न्युजिल्याण्ड र क्वालीफायर टिमबीच प्रतिस्पर्धा हुने छ ।
२०२२ को महिला विश्वकपमा ८ टिमको सहभागिता हुने छ । न्युजिल्याण्डका ६ शहरमा ३१ खेल हुने छ । न्युजिल्याण्ड, अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र भारत पहिला नै विश्वकपका लागि छनोट भइसकेका छन् ।
अब क्वालीफायरबाट तीन टिम आउन बाँकी छ । क्वालीफायर टुर्नामेन्ट २६ जुन देखि १० जुलाईसम्म श्रीलंकामा हुने छ ।








प्रतिक्रिया राख्नुहोस्