तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा भीरबाट खसेर एक युवकको मृत्यु

जाजरकोट । जाजरकोटमा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । भेरी नगरपालिका वडा नम्बर २, डिंगाका ३२ बर्षिय रामलाल थापाको नहकुलीको भीरबाट खसेर मृत्यू भएको वडा अध्यक्ष कालीबहादुर वलीले जानकारी दिनु भयो ।

थापा मंगलबार बिहान घाँस काट्न नहकुली लेकको जंगल गएका थिए । घाँसको भारी बोकेर घरतर्फ फर्कने क्रममा उनी भीरबाट ६ सय मिटर तल खसेका थिए । थापाको घटना स्थलमै मृत्यु भएको वडा अध्यक्ष वलीले बताउनु भयो ।

एक साताको अवधी बारेकोटमा २ जना, नलगाडमा २ जना र भेरी नगरपालिकाका १ जनाको ज्यान गइसकेको जाजरकोट प्रहरीले जनाएको छ । जाजरकोटमा पछेल्लो समय भीरबाट लडेर ज्यान गुमाउनेको संख्या बढदै गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button