कैलालीमा थप ४३ जनामा कोरोना पुष्टि

धनगढी । कैलालीमा आज थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका क्षेत्रका ४१ जना र गोदावरी नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
योसंगै कैलालीमा कोरोना संक्रमितको संख्या ५ हजार १ सय ४२ पुगेको छ । हालसम्म संक्रमित मध्य ४ हजार ५ सय ४२ जना कोरोना संंक्रमण मुक्त भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।
कैलालीमा अहिलेसम्म कोरोना संक्रमणबाट २५ जनाको निधन भएको छ ।








प्रतिक्रिया राख्नुहोस्