बैतडीको डिलाशैनी गाउँपालिकामा पौष ५ सम्म लकडाउन
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप १ हप्ताका लागि लम्ब्याइएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै विपद व्यवस्थापन समितिको बैठकले आजदेखि पुस ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पंखबहादुर शाहले बताउनुभयो ।
गाउँपालिकाले यसअघि मंसिर २६ गतेसम्म लकडाउन गरेको थियो । लकडाउनको अवधिमा गाउँपालिकामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द रहने छन् ।
डिलाशैनी गाउँपालिकामा हालसम्म २९ जनामा कोरोना पुष्टि हुँदा १७ जना सक्रिय संक्रमित रहेका छन ।








प्रतिक्रिया राख्नुहोस्