कास्कीबाट महिला खेलाडी छनोट
कास्की । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ ।
लुम्बिनी प्रदेशको दाङमा आयोजना हुने प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट सङ्घले तीन वैकल्पिकसहित १७ खेलाडी छनोट गरेको हो ।
कास्की जिल्लाबाट छनोट भएका खेलाडीमा सृष्टी पौडेल, सिर्जना पौडेल, एलिशा क्षेत्री, गङ्गा लुयाली, प्रमिला बानियाँ, शिला रेग्मी, धन छन्त्याल, स्मृति गुरुङ, प्रतिमा बानियाँ, विन्दु थापामगर, तृष्णा देवकोटा, मिसेल परियार, प्रतीक्षा सुवेदी र स्मृति कुँवर छनोट भएका सङ्घका जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।
यसैगरी वैकल्पिक खेलाडीमा एलिना सुनार, सुरक्षा क्षेत्री र अनुष्का बराल छन ।
प्रदेशस्तरबाट छनोट भएका खेलाडीले आगामी पुस ११ देखि सञ्चालन हुने प्रधानमन्त्री कपमा प्रतिस्पर्धा गर्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्