गौतमबुद्ध कप क्रिकेटः नारायणीको बिजयी सुरुवात
काठमाडौं । गौतमबुद्ध कप त्रिकोणत्मक टि–२० क्रिकेट प्रतियोगितामा वागमती टिमलाई सुपर ओभरमा हराउदैं नारायणीले बिजयी शुरुवात गरेको छ ।
चितवनको भरतपुरमा शनिवार सम्पन्न उद्घाटन खेलमा वागमतीलाई सुपरओभरमा ५ रनले हराउदैं नारायणीले जित शुरुवात गरेको हो ।
नारायणीका् जितका लागि करण केसीको भूमिका महत्वपूर्ण रहयो ।
सुपरओभरमा व्याटिङमा आएका नारायणीका करणले ४ छक्का प्रहार गदैं २५ रनको लक्ष्य दिएका थिए । जवाफी ब्याटिङका क्रममा वागमतीले २० रन मात्र बनाएपछि ५ रनको हार बेहोर्यो ।
त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको वागमतीले निर्धारीत ओभरमा ८ विकेट गुमाउदैं १ सय १७ रन बनाएको थियो ।
१ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा नारायणीले निर्धारित ओभरमा ९ विकेट गुमाउदैं १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।
प्रतियोगिता अन्तर्गत आइतबार राप्ती टिमले वागमतीसँग खेल्ने छ ।
कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन वागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा तिन टिमको सहभागिता रहेको छ ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीसहित विभिन्न उमेर समूहका खेलाडी र चितवनका स्थानीय खेलाडीलाई टोलीमा समावेश गरिएको छ ।
सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शिर्ष दुई टिम फाइनल पुग्नेछन् ।
मंसिर ३० गते फाईनल खेल हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्