नाफिजका नवनिर्वाचित पदाधिकारीलाई सञ्चार मन्त्रीद्वारा प्रमाणपत्र प्रदान

काठमाडौँ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को पाँचौँ महासभाबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
महासभाबाट नाफिजको नयाँ अध्यक्षमा द राइजिङ नेपालका मोदनाथ ढकाल र उपाध्यक्षमा रेडियो नेपालका भुवनप्रसाद आचार्य निर्वाचित हुनु भएको छ ।
त्यसै गरी महासभाले महिला उपाध्यक्षमा मेनुका कार्की, महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल, सचिवमा अनलाइनखबरका रोयल आचार्य र सह–सचिवमा बिजपाटीका महमल अजमत अली र कोषाध्यक्षमा नोटबजारका परमेश्वर अधिकारीलाई निर्वाचित गरेको छ ।
महासभाले नाफिजका नयाँ कार्यसमिति सदस्यमा ५ जनालाई निर्वाचित गरेको छ । जसमा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणिन्द्र दाहाल, बाह्रखरीका रोविन पौडेल, अनलाइनखबरका नवीन ढुङ्गाना र नेपाल खबरका दीपक भट्ट निर्वाचित हुनु भएको छ ।
यस्तै नयाँ कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।
नव निर्वाचित पदाधिकारीहरूलाई सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले प्रमाणपत्र प्रदान गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्