तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा अपरिचित ब्यक्तिद्वारा पिकअप भ्यानमा आगजनि

सप्तरी। सप्तरीको बिष्णुपुर गाउपालिकामा अपरिचित ब्यक्तिहरुको समूहले आज बिहान पिकअप भ्यानमा आगजनि गर्दा २४ लाख भन्दा बढिको क्षति भएको छ ।

बिष्णुपुर गाउपालिका वडा नं.६ गोरगमाका बेचन मुखियाको आफ्नै घर अगाडि राखिएको स १ च १७२५ नम्बरको पिकअप भ्यानमा आगलागि हुदा झन्डै २४ लाख भन्दा बढिको क्षति भएको प्रहरीले जनाएको छ ।

बिहान करिब १ बजेतिर घर अगाडि राखिराखेको अवस्थामा परालमा पेट्रोल छर्केर आगजनि गरेको पिडित मुखियाले बताउँनुभयो । सो पिकअपको आगजनि स्थानियबासि ,प्रहरी तथा राजविराजबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ब्यक्तिगत , राजनितिक रिसिभिका कारणले पिकअप भ्यानमा आगजनि भएको तथा सो घटनाको थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button