तपाईँ सुन्दै हुनुहुन्छः

थप १ हजार २ सय ७१ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपालमा आज थप १ हजार २ सय ७१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

यो संगै हाल सम्म संक्रमण मुक्त हुनेको कूल संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ७ हजार ४ सय १४ वटा नमूना परीक्षण गर्दा ४ सय ११ जना महिला र ६ सय ३३ जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमित मध्ये ५ सय ४१ जना काठमाडौ उपत्यका भित्रका रहेका छन् ।

यसैगरी कोरोना संक्रमणका कारण आज थप ११ जनाको मृत्यु भएपछि हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।

हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कूल संक्रमितको ९४ दशमलब ४ प्रतिशत निको भईसकेका छन् भने १२ हजार १ सय ४८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button