पत्रकार महासङ्घ धनुषा शाखालाई सञ्चार सामाग्री प्रदान

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाले नेपाल पत्रकार महासंघ धनुषा शाखालाई आज विभिन्न प्रकारका सञ्चार सामाग्रीहरु प्रदान गरेको छ ।
नगरपालिकाले महासंघलाई ४ लाख मुल्य बरारबरका विभिन्न सामाग्रीहरु प्रदान गरेको हो ।
महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, कोषाध्यक्ष अवधेश कामतलगायतका पदाधिकारीहरुलाई बघचौरास्थित नगरपालिकाको कार्यालयमा नगरप्रमुख रामज्ञान मण्डल तथा उपप्रमुख रेणु झाले ती सामग्री हस्तान्तरण गर्नु भएको छ ।
हस्तान्तरण भएका सामानहरुमा देवाल पंखा ४ थान, प्रोजेक्टर १ थान, ल्यापटप १ थान, इन्भर्टर १ थान, ब्याट्री २ थान, प्रोजेक्टर स्क्रिन १ थान, डेस्कटप पिसि ३ थान र डिजिटल क्यामेरा १ थान रहेको छ ।
सञ्चारकर्मीहरु अग्रपंक्तिमा खटिएर सामाचार सम्प्रेषण गरिरहेकोले काम गर्नमा सहज होस् भन्नका लागि सामाग्रीहरु प्रदान गरिएको नगरप्रमुख मण्डलले जानकारी दिनु भएको छ । खास गरेर सञ्चार क्षेत्रले जनताको पक्षमा काम गरिरहेकाले काममा सघाउनका लागि सामाग्री प्रदान गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्