चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ

बारा । बारा प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।
निजगढ नगरपालिका वडा नं.९ शहिद चोकस्थित पुर्वपश्चिम राजमार्ग सड्क खण्डबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
सवारी साधनहरू चेक जाँच गर्ने क्रममा निजगढ नगरपालिका वडा नं. ७ बस्ने वर्ष २२ को मानबहादुर श्रेष्ठ र कृष्ण दर्लामी मगर चोरी गरी ल्याएको बा९७प ३१०९ र बा ६८ प ५५९५ पल्सर मोटरसाइकल दुई थानसहित पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
पक्राउ परेकालाई चोरी मुद्दा अन्तर्गत बारा जिल्ला अदालत ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्