महिला सचेत नभएसम्म महिला हिंसा न्यूनीकरण हुन नसक्ने : उपाध्यक्ष चौधरी

सप्तरी –अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरीले महिला सचेत नभएसम्म महिला हिंसा न्यूनीकरण हुन नसक्ने बताउनुभयो ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका महिला तथा बालबालिका शाखाद्वारा बिहीबार आयोजित महिला हिंसा न्यूनीकरणका लागि सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउँनु भएको हो ।
जब महिलामा उच्च मनोबलले काम गर्न सक्षम हुन्छ अनिमात्र हिंसाको सामाना गर्न सक्छ उपाध्यक्ष चौधरीले भन्नुभयो, महिला माथी हुने सबै प्रकारको हिंसा न्यूनीकरणका लागि महिलामा चेतना आउनु जरुरी छ । उपाध्यक्ष चौधरीले महिला माथिको अन्याय, भेदभाव र विभेद भएको भन्ने चेतनाको बिकास नभएसम्म हिंसाको शिकार भईराख्ने बताउनुभयो ।
महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै कार्यक्रमका प्रमुख अतिथि चौधरीले जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । महिला हिंसा विरुद्ध योजना अघि सार्न सहभागीलाई सुझाव दिदै चौधरीले महिला हिंसा न्यूनीकरण गर्ने कार्यक्रममा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ की वडा अध्यक्ष कुसुम आचार्यले देशको कमजोर कानूनले महिला हिंसा झनै बिकाराल बन्दै गइरेको बताउनुभयो । उहाँले महिला हिंसा न्यूनीकरण गर्न कडा कानुनी ब्यबस्थाको आबश्यता रहेको औल्याउनु भयो ।
महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत आयोजित कार्यक्रममा कार्यपालिका सदस्य हिरा सिंह दनुवार, वडा नम्बर ३ कि वडा सदस्य उषा चौधरी, आशा रसाइली, सबिता चौधरी, किरण चौधरी, कल्पना कोईराला, कमला सुबेदीले मन्तव्य व्यक्त गर्दै संघीय गणतान्त्रिक ब्यवस्थामा पनि महिला अधिकारबाट बञ्चित हँुदा महिला हिंसाको घटना वृद्धि हुँदै गएको बताउनुभयो ।
महिला जनप्रतिनिधि, महिला संघसंस्थाका पदाधिकारी, महिला अधिकारकर्मी, महिला सहजकर्ताहरु उपस्थिति अन्तरक्रिया कार्यक्रमको सहजीकरण अग्नीसाईर कृष्णासवरन गाउँपालिका महिला तथा बालबालिका शाखा संयोजक बिनिता साहले गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्