तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबासमा शौचालयमा एक जना पुरुषको शव फेला

बर्दिबास । महोत्तरीको बर्दिबासमा एक पुरुषको शव शौचालयमा भेटिएको छ । बर्दिवासमा पान पसल सञ्चालन गर्दै आएका बेचन महतोको शव बर्दिबास नगरपालिका वडा नं. १४ मा निकेश श्रेष्ठको घरको शौचालयमा भेटिएको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बालिष्टर सिंहले दिनु भएको जानकारी अनुसार शवको प्रकृति हेर्दा अत्याधिक मदिरापन सेवनबाट महतोको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गर्नु भएको छ ।

मृतक बेचन निकेश र सोही ठाउँ बस्ने रोहित महतो घनिष्ट साथी भएको र उनीहरुलाई भेट्न बुधबार साँझ बेचन उनको घर गएका थिए ।

मृतक महतोको घर धनुषा जिल्लाको मुखियापट्टी मुसहनियाँ भएपनि बिगत ४ बर्षदेखि बर्दिबासमा पान पसल सञ्चालन गर्दै आएका थिए । उनको बर्दिबास वडा नं। १४ मै ससुराली भएपनि श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ ।

मृतक महतोको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इप्र्रका बर्दिबासले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button