तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका ४ स्थानीय तहमा हाललाई कोरोनाका सक्रिय सङ्क्रमित शून्य

बैतडी । बैतडीका १० स्थानीय तहमध्ये ४ स्थानीय तह हाललाई कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका छन ।

जिल्लाको मैलौली नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका हुन् ।

यी स्थानीय तहहरुमा हाल एक जना पनि कोरोनाका सक्रिय सङ्क्रमित नरहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

मेलौलीमा हालसम्म ४७, सिगासमा ५५, पञ्चेश्वरमा ६३ र शिवनाथमा ५१ जनामा कोरोना पुष्टि हुँदा सबैले कोरोना जितेका हुन् ।

बैतडीमा हालससम्म ५ सय ७७ जनामा संक्रमण पुष्टि हुँदा ६ स्थानीय तहमा ६८ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।

सबैभन्दा बढी दरशथचन्द नगरपालिकामा ४६, डिलाशैनी गाउँपालिकामा १७, पुर्चौडी नगरपालिकामा २, पाटन नगरपालिकामा १, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा १÷१ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन ।

जिल्लामा ५ सय ८ जनाले कोरोना जितेका छन भने १ जनाको मृत्य ुभइसकेको छ । बैतडीमा गत जेठ ९ गते पहिलो पटक एक थुनुवामा कोरोना सङ्क्रमण देखिएको थियो ।

रेडियो निङ्गलाशैनी बैतडीका सबै कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ
कोरोना सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका रेडियो निङ्गलाशैनी बैतडीका सबै कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

यसअघि मंसिर १९ गते रेडियोका स्टेसन म्यानेजर भगीरथ अवस्थी र लेखापाल जयराज अवस्थीलाई कोरोना देखिएपछि उहाँको सम्पर्कमा रहेका अन्य ६ जना कर्मचारीको पिसिआर परीक्षण गरिएको थियो ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
प्रत्यक्ष सम्पर्कमा रहेका सबै ६ जना कर्मचारीको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका ल्याब टेक्नोलोजिस्ट राजेश विकले पुष्टि गरेका हुन् ।

रिपोर्ट नेगेटिभ आउनेहरुमा रेडियोका वित्तीय व्यवस्थापन सिपी लोहिया, प्राविधिक प्रमुख विनोद सिंह विष्ट, कार्यक्रम सञ्चालक मिनिया भुल, प्राविधिक दिपक सिंह महरा,बजार प्रतिनिधि सुरेन्द्र बहादुर महरा र कार्यालय सहयोगी कविराज भट्ट रहेका छन् ।

मंसिर २२ गते स्वाब संकलन गरिएकोमा आज रिपोर्ट सार्वजनिक भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button