थप १२१७ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९४.२ प्रतिशत संक्रमित निको

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट कुल संक्रमित मध्ये ९४ दशमलव २ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट आज थप १ हजार ६४ जना सङ्क्रमित निको भएसँगै हालसम्म ९४ दशमलव २ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ ।
यस्तै आज १ हजार २ सय १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभर ७ हजार २ सय ३२ वटा पीसीआर परीक्षण गर्दा ७ सय ७४ पुरुष र ४ सय ४३ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।
यस्तै हाल देशभर १२ हजार ३ सय ८६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ७ सय २१ जना होम आइसोलेसनमा रहेका छन् भने ३ सय ९ जनाको आई.सी.यु मा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप १२ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ६ सय ६३ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्