तपाईँ सुन्दै हुनुहुन्छः

विश्व मानवअधिकार दिवसमा सप्तरीका १५ जना बिरामीलाई सम्मान

राजविराज । ७२औं विश्व मानव अधिकार दिवसको अवसर पारेर सप्तरीमा बिरामीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

‘सबैका लागि समान मानवअधिकार र आत्मसम्मानको प्रत्याभूति होस् ! समान अवसर र लैंगिक समानता सुनिश्चित होस’ भन्दै महिला अधिकारकर्मी सुनिता साहले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीलाई फलफूलसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

अस्पतालको गाइनो वार्डमा भर्ना भएका १२ जना र सर्जिकल वार्डका तीन जना बिरामीलाई फलफूल, एक थान मास्कसहित दोसल्ला ओढाएर सम्मान गरिएको उहाँले बताउनुभयो ।

सबैलाई सम्मान गर्न सिके मात्र मानवअधिकारको प्रत्याभूति हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने अधिकारकर्मी साहले भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button