तपाईँ सुन्दै हुनुहुन्छः

नेता कमानसिंह लामाको निधनप्रति प्रधानमन्त्रीद्धारा दुख व्यक्त

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी, नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद् कमानसिंह लामाको निधनप्रति दुख व्यक्त गर्नु भएको छ ।

स्वर्गीय लामाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा चौमबाट कम्युनिस्ट पार्टीको सदस्य भई स्वर्गीय लामाले राजनीतिक परिवर्तन तथा सामाजिक सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनु भएको स्मरण गर्नुभएको छ ।

२०४८ सालको आम निर्वाचनपछि काभ्रे क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएका लामासँग संसद्मा भएको सहकार्य स्मरण गरिरहेको उल्लेख गर्नुहुँदै शोक वक्तव्यमा प्रधानमन्त्रीले मुलुकको सामाजिक परिवर्तनको आन्दोलनमा लामाले पु¥याउनु भएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button