तपाईँ सुन्दै हुनुहुन्छः

नदीजन्य पदार्थको तस्करी रोक्न सशस्त्र प्रहरीको सहयोग लिंईदै

बाँके । नदीजन्य पदार्थको अवैध दोहन र चोरी निकासी रोक्न बाँके प्रशासनले सशस्त्र प्रहरीको सहयोग लिने भएको छ । राप्तीसोनारी स्थित विभिन्न खोलानालाबाट टेण्डर बिना नै अवैध निकासी बढेपछि सशस्त्रको सहयोग लिन थालिएको हो ।

‘नेपाल प्रहरी एक्लैले नसकेपछि सशस्त्रको सहयोग खोजिएको हो’, एक सुरक्षा अधिकारीले भने, ‘राप्तीसोनारीका विभिन्न खोलाबाट टेण्डर आव्हान गरिँदा तस्करको धम्कीले कतिपय टेण्डर नै लाग्न नसकेको अवस्था छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले सशस्त्र प्रहरीको सम्शेरगन्जस्थित यूनिटलाई त्यस क्षेत्रको अवैध दोहन निगरानीका लागि परिचालित हुन निर्देशन गरिएको बताउनुभयो ।

सोमबार स्थलगत अनुगमनका लागि सुरक्षा अधिकारीसहित मुगुवा खोला पुगेका प्रजिअ कुरुम्वाङ्गले ठेक्का लाग्न नसकेका ठाउँहरुमा अझैपनि करोडौंको ढुंगा थुप्राइएको अवस्थामा भेटेको जानकारी दिनुहुदै झण्डै ३ करोड मूल्य पर्ने ढुंगा अहिले पनि अवैध रुपमा थुप्राइएको पाईएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button