तपाईँ सुन्दै हुनुहुन्छः

झापामा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो, ११७ जनाको मृत्यु

भद्रपुर, झापा । झापामा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । जिल्लामा कोरोना संक्रमण शुरु भएयता आइतबारसम्ममा पीसीआर परीक्षणको नतिजा सार्वजनिक भएकामध्ये ४ हजार १०९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा संक्रमण सुरु भएयता ३३ हजार ८३४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

कोरोना फोकल पर्सन जीवन चौलागाईले झापामा संक्रमितमध्ये २ हजार ८ सय ७२ जना निको भएर घर फर्किएको र आइतवारसम्म १ हजार १२१ जना संक्रमित आइसोलेसनमा रहेको जानकारी दिनुभयो ।

जिल्लामा संक्रमितको संख्या बढ्दै जाँदा मानविय क्षतिका घटना पनि बढेका छन् । आइतबारसम्मा झापामा ११७ जनाको मृत्यु भएको चौलागाईंले बताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालयले संक्रमितको संख्या बढ्दो क्रममा रहेको जनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button