तपाईँ सुन्दै हुनुहुन्छः

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढ्यो

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् ।

यसअघि ८ हजार ८ सय ४८ मिटर रहेको सगरमाथाको उचाई अहिले ८ हजार ८ सय ४८.८६ मिटर पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ।

१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button