४० लाख किसानलाई परिचय पत्र दिंदै छौँः कृषि मन्त्री भुसाल

भैरहवा । किसानलाइ परिचयपत्र दिने कृषि तथा पशुपन्छि बिकास मन्त्री घनश्याम भुसालले बताउनुभएको छ ।
रुपन्देही जिल्लाको सियारि गाउंपालिकामा ५ शय्याको अस्पतालको शिलान्यास गर्दै मन्त्री भुसालले कृषिको राम्रो प्रारुप देखिन ३ बर्ष लाग्ने बताउनुभएको छ ।
३ बर्षमा हाम्रो काम देखिन्छ । राम्रो किसानको आधार देखिन्छ । मन्त्री भुसालले भन्नुभयो, हामिले नितिगत रुपमा धेरै राम्रो काम गरेका छौं ।
अहिले सम्म नेपालमा किसानको पहिचान र आधार नभएको हुँदा अव सरकारले किसानको गणना गर्ने मन्त्री भुसालले बताउनु भएको छ । अहिले सम्म किसानको गणना भएको छैन, माघ महिना भित्रमा धेरै राम्रो काम गर्दै छौँ । हामी ४० लाख किसानलाइ किसानको परिचय पत्र दिंदै छौं । हामी आगामी माघ महिना भित्रमा २१ हजार गणक पठाउंदै छौं । भुसालले भन्नु भयो ।
गणकहरुले किसानको उत्पादन कति हुन्छ? धान तेल उत्पादन कति हुन्छ । मल बिउ कति चाहिन्छ । ऋण के कति चाहिन्छ सबै रिपोर्ट ल्याउने मन्त्री भुसालले बताउनु भयो ।
परिचयपत्रको आधारमा सेवा सुबिधा दिनेछौं । हामी चाडै नै लगत लिंदैछौं । हामी जब काम गर्न जांदैछौं केहि आलोचना हुन सक्छ, मन्त्री भुसालले भन्नुभयो, एउटा घर भत्काएर अर्को घर बनाउंदै छौं । यो नेपालले नेपालीले अहिले गर्ने काम हो ।
कृषि मन्त्रालयको परिणामका हिसाबले आफुपनि सन्तुष्ट नभएको तर आउने जेनेरेसनको लागि राम्रो कामको सुरुवात गर्न लागेको मन्त्री भुसालले बताउंदै भन्नु भयो, हामी जे गर्दै छौं राम्रो गर्दै छौं । जुन बाटोमा छौं राम्रो बाटोमा छौँ ।
सियारि गाउँपालिका वडा नम्बर २ मैनहवामा अर्घाखाँची सिमेन्ट प्रालि बाट निर्माण हुने स्वास्थ्य केन्द्र भवन सरकारी मुल्यांकन १ करोड ४० लाखमा बन्न थालेको अस्पताल यहि आर्थिक बर्षमा उद्घाटन गर्ने लक्ष्य रहेको अर्घाखाँची सिमेन्टका प्रबन्ध सन्चालक राजेश अग्रवालले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्