तपाईँ सुन्दै हुनुहुन्छः

स्थापनाको १६ बर्ष पछि पत्रकार महासंघ बाजुराको आफ्नै भवन

बाजुरा । नेपाल पत्रकार महासघं जिल्ला शाखा बाजुराको स्थापना भएको १६ बर्षपछि आफ्नै भवन निर्माण भएको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखा स्थापना भएको १६ बर्षपछि आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गरेका छौँ नेपाल पत्रकार महाँसघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिहंले बताउनु भयो।

हामीले दुई बर्ष पहिला स्थानीय तहसँग मिडिया सम्बन्धि कार्यक्रम गरेर बँचाएको पैसा बाट जग्गा खरिद गरेका थियौं अध्यक्ष सिहंले भन्नुभयो । यो अभियानमा बाजुराका स्थानीय तह र सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा मन्त्री प्रकाश शाहको महत्वपुर्ण सहयोगमा घर तयार गरिएको अध्यक्ष सिहंको भनाइ रहेको छ ।

नेपाल पत्रकार महासघंका पुर्ब पदाधिकारी तथा बर्तमान कमिटिका पदाधिकारीहरुको महत्वपुर्ण श्रमदानले महासघंको जग्गा किन्न सफल भएको र सो भवन निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको सहयोगमा भवन निर्माण गरिएको पत्रकार महासघं बाजुरा शाखाका सचिव प्रेम बिकले बताउनु भएको छ। जग्गा खरिदमा ७ लाख भन्दा बढि खर्च भएको थियो ।

जग्गा खरिद पछि आन्तरिक मामिला तथा कानु मन्त्री प्रकाश शाहले आफ्नो मन्त्रालय बाट ३० लाख बजेट बिनियोजन गर्नुभएको अध्यक्ष सिहंले बताउनु भयो। अबदेखी कार्यालयको भाडा तिर्नबाट छुट्कारा पाइने र आर्थिक भारमा कमि हुने तथा आफ्नै कार्यालय हुदा बैठक सेमिनार समेतको काम गर्न सजिलो हुने सचिव बिकले बताउनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button