नाका खुलाउनुपर्ने माग राख्दै बेलही नाकामा धर्ना
सप्तरी । नेपाल भारत खुला सिमा सम्वाद समूहले सप्तरीको तिलाठी कोईलाडि गाउँपालिकाको तिलाठी बेलही भन्सार नाका खोल्नुपर्ने माग राख्दै आज एक घण्टा धर्ना दिएका छन् ।
सिमानाका नखोलिएका कारण किसानहरुलाई मलखाद तथा दैनिक उपभोग्य सामग्रीहरु ल्याउन समस्या भईरहेको भन्दै उनीहरुले भन्सारमा धर्ना दिएका हुन् ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् प्रदेश सभा सदस्य मनिस कुमार सुमन, जसपा नेपाल केन्द्रीय सदस्य तथा नेपाल भारत खुला सिमा सम्बाद समूहका केन्द्रीय सदस्य गजेन्द्र कुमार मण्डल, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, जसपा जिल्ला अध्यक्ष सुनिल झा, नेता गुडु देव लगायत स्थानीय नेता एवम् जनसमुदायको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्