तपाईँ सुन्दै हुनुहुन्छः

थप १०९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, १७५२ जना सङ्क्रमण मुक्त, १७ जनाको मृत्यु

काठमाडौँ  । देशभर आज थप एक हजार ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार आज थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ४० हजार नौ सय ८१ पुगेको छ ।
त्यस्तै देशभर आज एक हजार सात सय ५२ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख २५ हजार आठ सय पाँच जना रहेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार पाँच सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button