तपाईँ सुन्दै हुनुहुन्छः

सीमा अपराधमा गम्भीर बन्ने प्रदेश सुरक्षा समन्वय बैठकको निर्णय

सुनसरी । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा शनिबार अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । बैठकले सीमा अपराधमा गम्भीर बन्ने निर्णय गरेको छ ।

बैठकले सीमा सुरक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउने, अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढङ्गले अगाडी बढ्ने र सीमा क्षेत्रहरुमा हुने गैर कानुनी क्रियाकलापहरूलाई जिल्लाहरूको समन्वयमा प्रभावकारी रूपमा नियन्त्रण गर्ने विषयहरुमा सहभागीहरु बिच छलफल भएको उक्त बैठकमा प्रमुख जिल्ला अधिकारीहरु १ नं प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी बल १ नं बराह बाहिनीका निमित्त प्रमुख तथा संघिय प्रहरी ईकाई कार्यालय धरानका प्रमुखले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

बैठकमा झापा, मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बल नेपालका जिल्ला प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button