तपाईँ सुन्दै हुनुहुन्छः

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर ५ मा आज बिहान बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा बोलेरो चालक गौरीशङ्कर गाउँपालिका वडा नम्बर ८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विगु गाउँपालिकाको ठाक्रेबोटबाट सिंगटी आउँदै गरेको बा२०च ४३७३ नम्बरको बोलेरो लाइसेफको जङ्गलमा सडकबाट झण्डै एक सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी विगु वडा नम्बर ५ को २२ वर्षीय कमला तामाङ घाइते भएको प्रहरी चौकी विगुका प्रहरी हवलदार दिपक बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button