तपाईँ सुन्दै हुनुहुन्छः

कटुवा पेस्तोलसहित एक जना पक्राउ

सुनसरी । जिल्ला प्रहरी कार्यालय मोरङले कटुवा पेस्तोलसहित मोरङको सुनवर्षी नगरपालिका–५ बाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनवर्षी–५ का ४१ वर्षीय राजकुमार मण्डल रहेको मोरङ प्रहरीले जनाएको छ ।

सुनवर्षीको झुँगी चोकबाट शुक्रबार दिउँसो मण्डल पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनुभयो । पक्राउ परेका मण्डलको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद गरेको छ ।

मण्डलविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्दा चलाउन अनुसन्धान थालिने मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button