बर्दियाका कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु
नेपालगञ्ज। बाँकेमा उपचाररत बर्दियाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गुलरिया नगरपालिका वडा नम्बर ७ का ७२ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा आज विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । यो संगै बाँकेमा उपचाररत बाहिरी जिल्लाका ५९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्