महाकाली प्रादेशिक अस्पतालको आयोजनामा स्क्रिनिङ्ग क्याम्प

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका स्थित बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा स्क्रिनिङ्ग क्याम्प आयोजना गरिएको छ ।
महाकाली प्रादेशिक अस्पतालको आयोजनामा शुक्रबार आयोजित स्क्रिनिङ्ग क्याम्पमा महिलाहरूको आङ खस्ने र पुरुषहरूको हाइड्रोशीलको परीक्षण गरिएको हो ।
क्याम्पमा विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरूको टोलीले सम्बन्धित बिरामीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर) ले जानकारी दिनुभयो ।
महाकाली अस्पतालमा यही मङ्सिर २५ गतेदेखि महिलाहरूमा देखिने आङ खस्ने र पुरुषहरूमा देखिने हाइड्रोशीलका बिरामीहरूका लागि नि:शुल्क शल्यक्रिया शिविर सञ्चालन हुने समेत अध्यक्ष जोशीले बताउनुभयो ।
त्यस्तै, यही मङ्सिर २७ गतेका दिन कञ्चनपुरको महाकाली नगरपालिकामा समेत स्क्रिनिङ्ग क्याम्प सञ्चालन गरिने महाकाली अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्