तपाईँ सुन्दै हुनुहुन्छः

४ लाख बराबरको अवैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीले चार लाख बराबरको अवैध सामान बरामद गरेको छ ।

जिल्लाको भीमदत्त नगरपालिकाको ऐरीघाट र बेलौरी नगरपालिकाको सडकघाट क्षेत्रबाट भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा चार लाख दुई हजार बराबरका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।

सशस्त्रले मोटरसाइकल, माछासहित साडी, लुङ्गी, घुम्टी, धोतीलगायतका अवैध सामान बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय र पशु क्वारेन्टिनमा बुझाइएको शैलेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button