तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनरुपमा मल खाद बिक्री वितरणको लागि १६ संस्थालाई अनुमति

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा रासायनिक मल विक्री वितरणका लागि १६ संस्थालाई अनुमति दिइएको छ ।

कञ्चनरुप नगरपालिका कृषि विकास शाखामा परेको निवेदन माथि मापडण्ड पुगे नपुगेको आधारमा अनुगमन गर्दा १५ वटा सहकारी र एक फर्म गरी १६ वटा संस्थालाई नगरपलिकाका १२ वटै वडा भित्र वडा विभाजन गरी कार्य क्षेत्र तोकी विक्रीवितरणका लागि अनुमति दिएको हो ।

स्थानीय तह रासायनीक मल वितरण ब्यवस्थापन समितीको मंसिर १२ गतेको निणर्य अनुसार स्थानीय तहमा आपुर्ति तथा वितरण ब्यवस्थापन निर्देशिका–२०७७ बमोजिम छनौट भएका संस्थाहरुलाई मल वितरक विक्रेता नियुक्तिको प्रमाण पत्र उपलब्ध गराइएको कृषि विकास शाखाका बेचन सढोक यादवले जानकारी दिनुभयो ।

कृषि सामाग्री कम्पनी लिमिटेड राजविराज र साल्ट ट्रेडिङ् कर्पोरेसन लिमिटेड राजविराजबाट रासायनिक मल विक्रि वितरणको लागि दुवै स्थानबाट तोकिएको समयमा मल खरिद गरी १६ वटै संस्थालई कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ् कर्पोरेसन प्रमाण पत्र समेत दिइसकेको यादवले जानकारी दिनुभयो ।

१६ वटा संस्थालाई साविकका गाविसहरुको वडालाई आधार बनाएर कार्यक्षेत्र तोकिएको समेत यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button