तपाईँ सुन्दै हुनुहुन्छः

क्यानद्वारा खेलाडी छनोट समिति गठन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले उत्तम कर्माचार्यको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरेको छ । क्यानले बुधबार एक विज्ञप्ति निकाल्दै कर्माचार्यको संयोजकत्वमा छनोट समिति गठन गरिएको जनाएको छ ।

सन् १९९६ मा कर्माचार्यको कप्तानीमा नेपालले आईसीसी मान्यता प्राप्त पहिलो आधिकारिक प्रतियोगिता एसीसी ट्रफी खेलेको थियो । कर्मचार्यलाई क्यानको सचिव भएर काम गरिसकको अुनभव पनि छ ।

यस्तै क्यानले संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति समेत गठन गरेको छ । क्यानले दुई समितिका अन्य सदस्यहरु भने आगामी बैठकले थप गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button