कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडौँ – नेपाली कांग्रेसले स्याङ्जा, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणकी माता फूलकुमारीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
श्रीमती खाँणको मङ्गलबार वालिङ–९ स्थित आफ्नै निवासमा ८६ वर्षका उमेरमा निधन भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल आज शोक वक्तव्यमार्फत पार्टीका तर्फबाट उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
स्व खाँण विसं २०१५ का निर्वाचित सांसद स्व यमबहादुर खाँणकी धर्मपत्नी हुनुहुन्थ्यो । श्रीमती खाँणले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्