नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्म स्थगित

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी, (नेकपा) सचिवालयको बैठक आज केहीबेर बसेर मंसीर २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा दिउँसो २ बजे सुरु भएको आजको बैठकमा कार्यव्यस्तताका कारण पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनु भएको थिएन ।
बैठकमा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल केहीबेर उपस्थित भएर निस्कनु भएको थियो ।









प्रतिक्रिया राख्नुहोस्