तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

पाल्पा । पाल्पामा थप दुई जना कोरोना सङ्क्रमितको उपचारको क्रममा आज बिहान  मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा पाल्पा बगनासकाली गाउँपालिका १ का ३८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । उनमा उच्च रक्तचापको समस्या रहेको जनाइएको छ । ३८वर्षीय पुरुषलाई मङ्सिर १३ गते संक्रमण पुष्टि भएको थियो ।

यसै बीच स्याङ्जा गल्याङ नगरपालिका ४ का ३९ वर्षीय पुरुषको पनि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button