तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा उपचाररत दाङका कोरोना सङ्क्रमितको मृत्यु

नेपालगञ्ज । बाँकेमा उपचाररत दाङका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । तुलसीपुर  उपमहानगरपालिका वडा नम्बर ६ का ५६ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा आज बिहान मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । यो सँगै बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ५२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म बाँकेका ३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button