तपाईँ सुन्दै हुनुहुन्छः

१६ दिन देखि वेपत्ता युवक मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा आधा महिना अगाडी बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन । मंसिर १ गते देखि बेपत्ता वेदकोट नगरपालिका १० का ३० वर्षीय सुरेश चौधरीको शव वेदकोट–५ को चुरे वन क्षेत्रमा षडेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी मंसिर १ गते भाईटिकाको दिन बहिनीको हातबाट तिहारको टीका थापेपछि घरबाट हिडेका थिए ।

बाख्रा चराउने क्रममा स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जनाकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button