तपाईँ सुन्दै हुनुहुन्छः

सङ्खुवासभाका तीन तहमा आधारभूत अस्पताल शिलान्यास

सङ्खुवासभा । किमाथाङ्का – ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पूर्वाधार पु¥याउने उद्देश्यलेसङ्खुवासभाका तीन स्थानीय तहमा आज आधारभूत अस्पताल शिलान्यास भएका छन् । केन्द्रीय सरकारको लक्ष्य र प्राथमिकताका अनुसार देशभरका सबै स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आधारभूत अस्पताल शिलान्यास गरिएको हो ।

आज चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकामा आधारभूत अस्पताल शिलान्यास गरिएको छ । चैनपुरमा १५ श्ययाको अस्पताल सांसद राजेन्द्र गौतमले शिलान्यास गर्नुभएको चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले जानकारी दिनुभयो । चैनपुरमा १४ करोड ८३ लाख ५२ हजारको लागतमा १५ श्ययाको अस्पताल बन्ने नगरप्रमुख खत्रीले बताउनुभयो ।

पाँचखपन नगरपालिकामा १० श्ययाको आधारभूत अस्पताल शिलान्यास गरिएको छ । पाँचखपन वाना बजार नजिकै १० श्ययाको आधारभूत अस्पतालको शिलान्यास सांसद राजेन्द्र गौतम र नगरप्रमुख विपिन राईले संयुक्तरुपमा गर्नुभएको पाँचखपन नगरपालिका उपप्रमुख भिमादेवी राईले जानकारी दिनुभयो । पाँचखपनमा रुनौ करोड ९८ लाख ३६ हजारको लागतमा अस्पताल निर्माण हुने उपप्रमुख राईले बताउनुभयो ।

स्वास्थ्य सेवाको पूर्वाधार गाउँमै बनेपछि २० हजारभन्दा बढीले सेवा लिन पाउने उहाँको भनाइ छ । त्यस्तै धर्मदेवी नगरपालिकामा समेत आधारभूत अस्पताल शिलान्यास भएको छ । धर्मदेवी–६ माम्लिङ्मा पाँच श्ययाको अस्पताल शिलान्यास भएको नगरप्रमुख रमेशकुमार जिमीले जानकारी दिनुभयो । सांसद राजेन्द्र गौतमले पाँच श्ययाको आधारभूत अस्पताल शिलान्यास गर्नुभएको हो । पहिलो चरणमा जिल्लाका तीन स्थानिय तहमा आधारभूत अस्पताल भवन शिलान्यास भएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिनुभयो । मादी नगरपालिका,भोटखोला गाउँपालिका,सभापोखरी गाउँपालिका चिचिला गाउँपालिकाले प्राविधिक कारण आज शिलान्यास गर्न सकेनन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button