६० क्युफिट काठसहित मिनिबस नियन्त्रणमा

बीरगंज । डिभिजन वन कार्यालय रौतहटले अवैध काठसहितको एउटा मिनी बस नियन्त्रणमा लिएको छ ।
बिशेष सुचनाको आधारमा जिल्ला डिविजन बन कार्यालयबाट खटिएको गस्ती टोलीले रौतहटको नुनथर क्षेत्रबाट ६० क्युफिट चिरान काठसहित बा १ ख ६४४२ नम्बरको मिनी बस नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयका अधिकृत रामप्रसाद साह, मधुकान्त सिंह र बागमती डिभिजन वनका कर्मचारीको सक्रियतामा ४९ थान चिरान काठ बरामद गरिएको डिभिजन प्रमुख सिंहले बताउनुभयो ।
बागमती खोलामा ट्युवमा राखी बगाएर ल्याई नुनथर क्षेत्रबाट रातीको समयमा बसमा लोड गरेर लैजान लागेको अवस्थामा गस्ती टोलीले काठ बरामद गरेको डिविजन बन कार्यालय रौतहटले जनाएको छ ।
बरामद गरिएको काठसहित नियन्त्रणमा लिएको मिनिबसलाई थप कारवाहीका लागि डिविजन बन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा लगिएको डिभिजन प्रमुख सिंहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्