तपाईँ सुन्दै हुनुहुन्छः

१७ वर्षीया बालिका आफ्नै दाजुको मालिकबाट बलात्कृत

बर्दिबास।महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरामा १७ वर्षीया बालिका आफ्नै दाजुको मालिकबाट बलात्कृत भएको खुलासा भएको छ । बालिकाको गर्भमा पाँच महिनाको बच्चा हुर्किरहेको छ । गत असारमा गाउँकै २१ वर्षीय ललन राउतले बालिकालाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

राउतमाथि जबर्जस्तीकरणी शीर्षकमा प्रहरीमा उजुरी परेको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक (डीएसपी ) राजन चपागाईंले बताउनभुयो ।
गत मंसिर ७ गते गाउँबाटै अभियुक्त राउतलाई पक्राउ गरी अनुसन्धान गरिहेको इप्रका बर्दिवासले जनाएको छ ।

‘बालिकाको गर्भमा पाँच महिनामा बच्चा छ । गर्भपतन गराउन नमिल्ने अवस्था छ,’ डीएसपी चापागाईंले भन्नुभयो ।गत असारमा भैंसी चराउन बालिका घर नजिकैको रातु खोल्सीमा गएकी थिइन् । मोटरसाइकलमा आएका आरोपीले उनलाई घारीमा लगेर बलात्कार गरेको पीडित परिवारजनले जनाएको छ ।

‘मुख थुनेर उनले मेरो छोरीको इज्जत लुट्यो,’ आरोपीले कसैलाई भनेमा ज्यान मारिदिने छोरीलाई धाकधम्की र डर देखाउँदैं पटकपटक बलात्कार गरे ।’ आरोपी राउतले पक्की घरको सेटिङ्गको ठेक्कापट्टाका काम गर्छन् । उनकैमा पीडित बालिका दाजु मजदुरी गर्थें ।अविवाहित बालिकाको अस्वभाविक रुपमा पेट बढ्दैं गएपछि बालिका बलात्कृत भएको घटना ५ महिनापछि खुलेको हो । यता, पीडिकलाई छुटाउन गाउँका नेताहरुले चलखेल गरिरहेको पीडित परिवारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button