तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परीक्षणको क्रममा पर्साका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पर्साका विभिन्न स्थानहरुबाट संकलन गरी ल्याइएको ९६ जनाको स्वाब परीक्षण गरिएकोमा १६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

सङ्क्रमित हुनेमा बीरगंज महानगरपालिकाको वडा नं. ५ का दुई जना, वडा नं. ३ का दुई जना, वडा नं. १९ का एक जना, वडा नं. १५ का एक जना, वडा नं. २१ का एक जना र बीरगन्जस्थित बयोधा अस्पतालका एक जना विरामीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी, ठोरी गाउँपालिकाको वडा नं. २ का एक जना र कालिकामाई गाउँपालिकाको वडा नं. २ का एक जनामा पनि सङ्क्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा.चौरसियाले जानकारी दिनुभयो ।

यसैगरी पर्साका एक जना ठेगाना खुल्न बाँकी रहेका व्यक्ति पनि सङ्क्रमित पुष्टि भएको डा.चौरसियाले बताउनुभयो ।

थपिएका सङ्क्रमितहरु १० देखि ६४ वर्षसम्मका रहेको र उनीहरुको सिटी भ्यालु २१ देखि ३३ सम्म रहेको डा.चौरसियायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button