डडेलधुरामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु
डडेलधुरा– डडेलधुरामा कोरोना सङ्क्रमितबाट थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अमरगढी नगरपालिका–५ की ८५ वर्षीया एक वृद्धा रहेकी छन् । डडेलधुरा अस्पताल डडेलधुरामा आइसोलेसनमा उपचारको क्रममा आइतबार बिहान उनको निधन भएको हो ।
डडेलधुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको र उनलाई निमोनिया , छातीको समस्या रहेको डडेलधुरा अस्पतालले जानकारी दिएको छ ।
उनको शव सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको स्वास्थ्य कार्यालय डडेलधुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिनुभएको छ ।
योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि नवदुर्गा गाउँपालिकाका र परशुराम नगरपालिकाका एक–एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्