घरको छतबाट खसेर एक जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
गएराति साढे १० बजेतिर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियामा आफ्नै घरको छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताउनु भएको छ ।
छतबाट खसेर गम्भीर घाइते भएका ओझालाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको र उनको उपचारकै क्रममा राति सवा ११ः०० बजे मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्