तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल आइपुगे चीनका रक्षामन्त्री जनरल वेई फेङ

तस्बिर : प्रदीपराज वन्त

काठमाडौं । नेपालको एक दिने औपचारिक भ्रमणका लागि चीनका रक्षामन्त्री जनरल वेई फेङ काठमाडौं आइपुग्नुभएको छ ।

वेई सहितको प्रतिनिधि मण्डल चढेको बोइङ ७३७ बिमान बिहान १० बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

एक दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउनुभएका मन्त्री वेइलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गृह मन्त्री रामबहादुर थापाले स्वागत गर्नुभएको थियो ।

तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा जाँदा गरेको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री नेपालको एक दिने भ्रमणमा आउनुभएको हो ।

काठमाडौं आइपुग्नुभएका वेईले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुने छ ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नुहुनेछ । त्यहाँ दिवाभोज गरेपछि उहाँ औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नुहुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले उहाँसँग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गर्नुहुनेछ । आजै उहाँले बालुवाटारमा प्रधानमन्त्री ओली र शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगसमेत भेट गर्नुहुनेछ । फेङ आजै बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button