तपाईँ सुन्दै हुनुहुन्छः

हरि अभिनव पुरस्कारबाट श्रेष्ठ सम्मानित

काठमाडौं । अभिनव साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको हरि अभिनव पुरस्कार यस वर्ष सुदर्शन श्रेष्ठलाई प्रदान गरिएको छ ।

साहित्य तथा चलचित्र क्षेत्रमा गर्नुभएको योगदान बापत उहाँलाई ३० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो ।

काठमाण्डौंको जोरपाटीमा शनिबार आयोजित कार्यक्रममा वागमती प्रदेश सरकारका भौतिक विकाश मन्त्री रामेश्वर फुयालले श्रेष्ठलाई पुरस्कृत गर्नुभयो ।

अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री फुयालले कला र संस्कृतिको विकास बिना समृद्ध समाजको कल्पना गर्न नसकिने वताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button