गोरखाकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु

चितवन । चितवनमा गोरखाकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सिर्दी नगरपालिका ११ कि ६९ वर्षीया महिलाको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार राती मृत्यु भएको हो ।
उनलाई शुक्रबार निमोनिया सम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछि कोरोना परीक्षण गर्दा सोही दिननै उनमा संक्रमण पुष्टि भएको थियो । उनको कोभिड आइसियुमा राखी उपचार गर्ने क्रममा शुक्रबार राती ९ः३० बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्