हेटौंडा उपमहानगरद्वारा जेष्ठ पत्रकार पेन्सन कार्यक्रममा १० लाख सहयोग
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चालन गर्न लागेको जेष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिकाकाले दश लाख रुपैयाँ सहयोग गरेको छ ।
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आज एक कार्यक्रमबीच महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाँईलाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नएको हो ।
जेष्ठ पत्रकारका लागि मासिक रुपमा पेन्सन दिनका लागि महासंघले सहयोग गर्न आग्रह गरे अनुसार दश लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण गर्दै मेयर महतले आगामी दिनमा पेन्सन कार्यक्रमका लागि थप सहयोग गर्ने बताउनुभयो । पत्रकारका लागि उपमहानगरपालिका सधैं सहयोगि वन्नका तयार रहेको बताउँदै उहाँले पत्रकारलाई परेका समस्या समाधाना लागि स्थानीय सरकार हातेमालो गरेर अगाडी बढ्ने स्पष्ट गर्नुभयो ।
वर्षौसम्म पत्रकारिता गरेर अवकाश लिएका पत्रकारका लागि पेन्सनको व्यावस्था गर्न महासंघले कार्यविधि बनाएर कार्यसमितिको बैठकमा छलफल चलाएको छ । कार्यविधिलाई महासंघको साधारणसभाबाट पास गर्ने तयारी गरिएको महासंघ मकवानपुरका अध्यक्ष हुँमागाईले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाले यस अघि पनि महासंघ मकवानपुरले सञ्चालन गरेको उपचार कोष, पत्रकारको कोरोना र दुर्घटना विमा गर्न, लकडाउनको समयमा समस्यामा परेका पत्रकारका लागि राहतसामाग्री सहयोग गरेको छ ।
कार्यक्रममा पत्रकार महासंघ वागमती प्रदेशका अध्यक्ष प्रताप बिष्ट लगायतको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्